काठमाडौं: माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले असोज १० गते बस्नेगरी साधारणसभा बोलाएको हो ।
साधारणसभा प्रयोजनको लागि भदौ २७ गतेका लागि शेयरधनी किताब खाता बन्द ९बुक क्लोज० गर्ने निर्णय समेत गरिएको छ ।
बैंकले यो वर्ष ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । अब २७ गतेसम्म शेयरधनी कायम रहेका शेयरधनी उक्त लाभांशको लागि योग्य हुनेछन् ।
साधारणसभामा बैंकले अहिले १५ अर्ब रहेको अधिकृत पुँजीलाई बढाएर २० अर्ब पुर्याउने तथा अभिमोच्य अपरिवर्तनीय अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत लैजानेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij