Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस मनाइयो

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ : मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको र्‍यालीसहित यो दिवस मनाइएको हो ।

यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो: मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदै छ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ ।

र्‍यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताए ।

र्‍यालीमा सहभागीहरूले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानुनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij