Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

पहिरो प्रभावित बस्तीमा वाईसीएल

पहिरो प्रभावित बस्तीमा वाईसीएल

नुवाकोट : नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर १ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा राहत सामग्री वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ ।

राहत स्वरूप प्रभावित परिवारलाई  त्रिपाल, खानेपानी  जार, लत्ता–कपडा, ब्ल्याङकेट, म्याट्रेस  सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

साथै पहिरोका कारण बस्ती–बस्तीबिच आवतजावतमा समस्या भएकाले वाईसीएल नेपालको नेतृत्वमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरी आवागमन सहज बनाउन सहयोग गरिएको थियो ।

उक्त कार्यक्रममा सङ्घीय सांसद हित बहादुर तामाङ, नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू, वाईईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली लगायत अन्य पदाधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij