काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले अवकाश पाएका छन् । प्रहरीको ३० वर्षे सेवा अवधिका कारण थापाले आजदेखि अवकाश पाएका हुन्। उनीसँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाएका छन् । आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममार्फत बिदाइ गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयबाहेक आईजीपी थापालाई गृहमन्त्री रमेश लेखकले समेत आजै बिदाइ गरेका छन् ।नवनियुक्त आईजीपी खापुङले भने भोलि बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्नेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij