काठमाडाैं : सरकारले पशुपन्छी ढुवानी मापदण्ड संशाेधनका लागि सराेकारवालाहरूसँग सुझाव मागेकाे छ।मापदण्ड संशाेधनका लागि अग्रसरता लिँदै आएकाे पशु सेवा विभागले एक सूचना जारी गर्दै सराेकारवालाहरूसँग लिखित सुझाव मागेकाे हाे। विभागले संशाेधनका लागि आफूले तयार गरेकाे मापदण्ड संशाेधनकाे मस्याैदा पनि सार्वजनिक गरेकाे छ।
विभागका महानिर्देशक डा. रामनन्दन तिवारीद्वारा जारी सूचनामा समसामयिक संशाेधनका लागि तयार गरिएकाे ढुवानी मापदण्डकाे मस्याैदामा लिखित रूपमा सुझाव उपलब्ध गराउन भनिएकाे छ। लिखित सुझाव विभागमा गएर वा इमेलमार्फत दिन सकिनेछ।
पशुपन्छी ढुवानीलाई व्यवस्थित गर्न सरकारले २०६४ मा मापदण्ड जारी गरेकाे थियाे। १८ वर्षअघिकाे मापदण्डलाई समयसापेक्ष र व्यावहारिक बनाउन सराेकारवालाहरूबाट माग भइरहेका बेला सरकारले यसलाई संशाेधन गर्न अग्रसरता लिएकाे हाे।
यस्तो छ प्रस्तावित मस्यौदा

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij