Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दिपक थापाको नियुक्ति र अवकाशबीच प्रहरीको उत्कृष्ट छापामारीः ४ करोड र २५ करोडको जोड

दिपक थापाको नियुक्ति र अवकाशबीच प्रहरीको उत्कृष्ट छापामारीः ४ करोड र २५ करोडको जोड

काठमाडौं : मंगलबार बिहान गोंगबुस्थित एक साधारण घरमा प्रहरी टोली प्रवेश गर्दा बाहिरबाट सबै सामान्य देखिन्थ्यो। तर भित्र पस्दा, चामलको बोरा खोल्दा प्रहरीका आँखाको सामु ४ करोड २५ लाख ५० हजार नगद र सात किलो सुनको भारी प्रकट भयो।

रोचक कुरा के छ भने, यो छापामारी आईजी दिपक थापा अनिवार्य अवकाशमा जाने अघिल्लो दिन भएको थियो। आजदेखि थापा घर जाँदै गर्दा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ४ करो २५ लाख र ९ किलो सुन बरामद गर्न सफल भएको छ।

त्यस्तै थापा आईजीपी नियुक्त भएको अघिल्लो रात टोखाबाट २५ करोड रुपैयाँ बरामद भएको थियो। तत्कालिन आईजीपी वसन्त कुँवरको बिदाइ भएको रात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट २५ करोड रुपैयाँसहित एक चालकलाई पक्राउ गरेको थियो। त्यतिबेला थापाले आईजीपीको फुलीसमेत लगाइसकेका थिएनन् ।

समयको यो विरोधाभासले घटनालाई अझ रोचक बनाएको छ। यो देखाउँछ कि संयोग मात्र होइन, सुसंगठित नेतृत्व र सर्तक निगरानीले वास्तविक सफलता सुनिश्चित गर्छ । आईजी थापाको नियुक्ति र अवकाशबीचको समय‑समानताले घटनालाई थप रोचक, प्रेरणादायी र स्मरणीय बनाएको छ।टोखा र गोंगबु छापामारीले पुष्टि गर्छ कि, नेपाल प्रहरी सतर्क, सुसंगठित र कानूनी दायराभित्र रहँदै कुनै पनि अवैध कारोबारलाई तत्काल पत्ता लगाउन सक्षम छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij