Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

तराई–मधेसमा सर्पदंशका घटना बढे

तराई–मधेसमा सर्पदंशका घटना बढे

काठमाडाैँ : तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालीन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिए ।

उनकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उनको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मृत्यु भएको झाले जानकारी दिए । वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij