Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुल्यो

अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुल्यो

कालीकोट :  पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग चार दिनपछि खुलेको छ। कालीकोटको शुभकालिका–१ गगनेखोलामा शनिबार गएको पहिरोले अवरुद्ध भएको राजमार्ग मङ्गलबार दिउँसो एकतर्फी खुलेको हो।

सोमबार नेपाली सेनाले ब्लास्टर गरेर पहिरोसँगै आएको ढुङ्गा फुटाएपछि मंगलबार सडक खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिनुभयो।

वर्षा निरन्तर भइरहेकाले अझै पनि सडक अवरुद्ध हुन सक्ने प्रहरीको भनाइ छ। सडक खुलेसँगै चार दिनदेखि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेततर्फ गएका छन्। राजमार्गमा अलपत्र यात्रुको यात्रा अब सहज भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij