काठमाडौँ : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेश स्तरिय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते (आज) हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ।त्योसँगै भदौ १८ गते गण्डकी प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन हुने तय गरिएको छ।
महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीको समस्या अझै सरकारको तहसम्म नपुगेको भन्दै पीडा कानुनी आधारमा समाधान गर्न सबै एकमत रहेको बताए । “हाम्रो कुरा अझै सुनिएको छैन, परिणाम पनि प्राप्त भएको छैन,” अध्यक्ष न्यौपानेले भने, “व्यवसायीको पीडा समाधान गर्न महासंघ निरन्तर लबिङ गरिरहेको छ । प्रदेश संघले पनि समस्याको समाधानका लागि अघि बढ्नुपर्छ ।”

उनले क्रसर व्यवसायी लामो समयदेखि नविकरण नहुँदा मारमा परेको उल्लेख गर्दै सरकारलाई तिर्नुपर्ने कर र दस्तुर तिर्न व्यवसायी तयार रहेको बताए । यसै सन्दर्भमा उनले सम्बन्धित मन्त्रालयलाई नविकरण प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराएको जानकारी दिए ।कार्यक्रममा महासंघले प्रशोधित निर्माणजन्य सामाग्री विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सके देशलाई आर्थिक लाभ हुने भन्दै सरकारसँग अनुरोध गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij