Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सचिवको गाडीको चाबी खोसिएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनको आपत्ति

सचिवको गाडीको चाबी खोसिएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनको आपत्ति

काठमाडौं  : कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे प्रयोग गर्दै आएको सरकारी सवारी साधनको चाबी मन्त्री खगेनसिंह हाङ्गामको आदेशमा खोसिएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनले कडा आपत्ति जनाएको छ ।

एशोसिएसनले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा यस्तो अमर्यादित र अशोभनीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै, उच्च राजनीतिक पदमा रहेकाहरूले संयम, स्वाभाव र विधिसम्मत शासन कायम राख्नुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको घटनाले सार्वजनिक सेवा प्रति नकारात्मक सन्देश जाने, कृषि क्षेत्रका युवा पुस्तामा सरकारप्रति आकर्षण घट्ने र ‘ब्रेन ड्रेन’ बढ्ने देखिन्छ ।”

एशोसिएसनले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच आपसी विश्वास, सम्मान, मेलमिलाप र सहकार्य बलियो बनाउनु पर्ने बेला उल्टै उच्च सरकारी अधिकारीमाथि दादागिरीपूर्ण व्यवहार हुनु आपत्तिजनक भएको ठहर गरेको छ ।

अध्यक्ष डा. केदार सुवेदीद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले कार्यकारी सुशासन र कानूनी शासनलाई असर गर्ने भन्दै आगामी दिनमा यस्ता अनुचित गतिविधि नदोहरिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij