Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

हाँडी खोला गाउँका ठुलो बस्ती पहिरोको उच्च जोखिममा

हाँडी खोला गाउँका ठुलो बस्ती पहिरोको उच्च जोखिममा

धादिङ  : सडकबाट खस्न सुरु भएको  पहिरोले बस्ती नै जोखिममा पर्दै जान थाले पछि धादिङको नीलकण्ठ नगरपालिका स्थित पिपल छापमा पर्ने हाँडी खोला गाउँ र शान्तिटारका स्थानीयले पहिरो नियन्त्रणका लागी सम्बन्धित सरोकारवालासँग माग गरेका छन् ।  पहिरोका कारण हाँडी खोला गाउँका करिव पचास घर शान्तिटार लगाएत नगरपालिकाकै बजार क्षेत्रको निकै ठुलो बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।

वर्षाको समयमा त झनै समस्या आउन थालेको भनाई पहिरो पीडित स्थानीयको छ । धादिङको नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ७मा पर्ने पिपल स्थित सुनौला बजार फोस्रे टार सडक खण्डमा पर्ने पहिरोले हाँडी खोला गाउँका करिब पचास घर धुरी परिवार निकै जोखिममा परेका छन् ।

यसले आवागमनमा  समेत समस्या निम्त्यायको छ । सामान्य  वर्षा हुँदा पनि पहिरो  खसी हाल्छ सडकमा खसेको ठुला  ठुला चट्टान पन्छाउन समेत  सकेको छैन हाँडी खोला गाउँ  जानेको कच्ची सडक त ठप्प छ । यही सडक हुँदै धादिङको पुरानो सदरमुकाम सुनौला बजार लगायत दर्जनौँ बस्तीहरूका हजारौँ मानिसहरूले आवत जावत गर्ने गर्दछन् ।

पहिरोका कारण सडक समेत भासिने र पहिरिने समस्या आउन थालेको छ । सडक समेत निकै कमजोर बन्दै गएको स्थानीयको भनाई छ । पहिरो आसपास र पहिरोले क्षति गर्दै गएको स्थान ओर पर त मानिसहरूले बसोबास समेत छाड्दै जान थलोका छन् । जमीन चिरिएको छ भने ठाउँ ठाउँमा बारीहरू समेत भासिन सुरु भएको छ । सम्बन्धित सारोकारवाला निकायले पहिरो नियन्त्रणका लागी विशेष चासो दिनु पर्ने माग हाँडी खोला गाउँका स्थानीयको छ । यस्तो पिडामा हाँडी खोला गाउँका स्थानीय मात्रै परेका छैनन् नीलकण्ठ नगरपालिकाकै वडा नम्बर ३मा पर्ने शन्तिटोलमा बसोबास गर्ने पनि परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij