Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सडक र फुटपाथको अतिक्रमण हटाउँदै चन्द्रपुर नगरपालिका

सडक र फुटपाथको अतिक्रमण हटाउँदै चन्द्रपुर नगरपालिका

रौतहट :  रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।

अतिक्रमण हटाउन बारम्बार नगरपालिकाले आग्रह गर्दा अटेरी गरेपछि नगरपालिकाको टोलि आफैँ फुटपाथ खालि गराउन सुरु गरेको नगर प्रमुख संजय कुमार काफ्लेले बताउनुभयो । मंगलबार बिहान चन्द्रनिगाहपुर चोकमा पालिकाले फुटपाथ खालि गराएको हो ।

महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजार सम्मको फुटपाथ खालि गराउन लागिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

फुटपाथ खालि गराउने कार्य सराहनीय रहेको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्कीले बताउनुभयो । फुटपाथ खाली भए पछि शहरको सौन्दर्यीकरण बढ्ने, पार्किङमा समस्या नहुने तथा  सडक पेटिमा भिडभाड नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij