Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जिल्ला अदालत बागलुङमा पहिलोपटक महिला न्यायाधीश

जिल्ला अदालत बागलुङमा पहिलोपटक महिला न्यायाधीश

बागलुङ  :  जिल्ला अदालत बागलुङमा सरुवा भई आउनुभएकी न्यायाधीश सीता शर्मा अधिकारीलाई स्वागत गरिएको छ । अधिकारी जिल्ला अदालत बागलुङमा आउने पहिलो महिला न्यायाधीश हुनुहुन्छ । उच्च अदालत बार एसोसिएसन बागलुङले एक कार्यक्रमका बिच अधिकारीलाई स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै न्यायाधीश अधिकारीले न्याय सम्पादनलाई चुस्त बनाउन पहल गर्ने बताउनुभयो । ‘‘बार र बेञ्च मिलेर आम नागरिकलाई न्याय दिने हो, त्यसैले सबै मिलेर जानुको विकल्प छैन’’ अधिकारीले भन्नुभयो, ‘‘कार्यविधिगत रुपमा कतै त्रुटि भएमा बारले बेञ्चलाई सच्चिने मौका दिनुपर्छ ।’’ क्षमताले भ्याएसम्म न्याय दिने नै मुख्य काम हो भन्ने बुझेर बार र बेञ्चको सहकार्य हुने उहाँको भनाइ थियो ।

वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले न्यायमूर्तिको रुपमा जिल्ला अदालत महिला पाएको बागलुङले पहिलो हो भन्दै बारको अध्यक्षसमेत महिला भएको बेलामा न्यायालय महिलामैत्री र अन्य बेलाभन्दा अझै सहज र सरल बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला अदालत मोरङबाट अधिकारी सरुवा भएर बागलुङ आउनुभएको हो । यसअघि अदालतमा रमेशकान्त अधिकारी जिल्ला न्यायाधीश हुनुहुन्थ्यो । उहाँ रुपन्देही सरुवा हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij