मुम्बई : भारतीय क्रिकेट खेलाडी युजवेन्द्र चहलसँग सम्बन्धविच्छेद भएपछि चर्चामा रहेकी चर्चित इन्फ्लुएन्सर धनश्री वर्माले आफ्ना पूर्वपतिमाथि व्यङ्ग्य गरेकी छन्। अब छिट्टै रियालिटी सो 'राइज एन्ड फल' मा देखिने भएकी धनश्रीले सबै स्पोर्ट्स च्यानलहरू हेर्न बन्द गरेको बताएकी हुन्।
एमएक्स प्लेयरले हालै रियालिटी सो 'राइज एन्ड फल' को नयाँ प्रोमो जारी गरेको छ। प्रोमोमा धनश्री पत्रकार र पोडकास्टर नयदीप रक्षितसँग देखिएकी छन्। प्रोमोमा नयदीपले धनश्रीसँगको सहकार्यको घोषणा गर्दा उनी भन्छिन्, 'मसँग सहकार्य गर्न त्यति सजिलो छैन।'त्यसपछि नयदीपले भने, 'म्याडम, आधाभन्दा बढी बलिउडले मसँग सहकार्य गरिसकेको छ। तिमी पनि गर, स्टार बनाइदिन्छु।'
यसमा धनश्रीले जवाफ दिइन्, 'एक रानीलाई स्टार बन्न आवश्यक छैन। जे भए पनि अन्तरवार्ता लिनेहरूको लाइन लागेको छ। पेन्टहाउसमा जति पनि स्पोर्ट्स च्यानल छन्, मैले बन्द गरिदिएँ।' यसपछि नयदीपले भने, 'तर तपाईंले मलाई बन्द गर्न सक्नुहुन्न।'
केही समयअघि धनश्रीले सम्बन्धविच्छेदको दिन युजवेन्द्र चहलको टी-सर्टमा लेखिएको 'बी योर ओन सुगर ड्याडी' भन्ने सन्देशमा पनि प्रतिक्रिया दिएकी थिइन्। उनले युजवेन्द्रले उनलाई सन्देश दिनैपर्थ्यो भने ह्वाट्सएपमा पठाउन सक्थे, टी-सर्टमा लेखिरहनु आवश्यक नभएको बताएकी थिइन्।
धनश्री वर्माले सन् २०२० मा क्रिकेटर युजवेन्द्र चहलसँग विवाह गरेकी थिइन्। सन् २०२५ मा उनीहरूको सम्बन्धविच्छेद भएको हो। यता युजवेन्द्र चहलको नाम अहिले इन्फ्लुएन्सर आरजे महवशसँग जोडेर चर्चामा आएको छ।
'राइज एन्ड फल' सेप्टेम्बर ६ देखि सुरु हुँदै 'राइज एन्ड फल' सो सेप्टेम्बर ६ देखि एमएक्स प्लेयरमा प्रसारण हुँदैछ। यस सोमा प्रतियोगीहरूका लागि दुईवटा तला हुनेछन्। माथिल्लो तलामा बस्ने प्रतियोगीहरूलाई सबै प्रकारका सुख-सुविधा र विलासिता प्रदान गरिनेछ, जबकि तल्लो तलामा बस्ने प्रतियोगीहरूले सामान्य कुराका लागि पनि सङ्घर्ष गर्नुपर्नेछ। यसरी सबै प्रतियोगीहरूका बिच माथि जानका लागि प्रतिस्पर्धा देखिनेछ। यस सोमा किकु शारदा, धनश्री वर्मा, अर्जुन बिजलानी, कुब्रा सैत, नयदीप रक्षितलगायत थुप्रै कलाकार सहभागी हुनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij