काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् ।सोमबार साँझ तियान्जिनको होटल रिट्ज कार्ल्टनमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् ।प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका छन् ।
‘रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव भएको छ,’ ती अधिकारीले भने, ‘दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि छलफल भएको छ ।’त्यस्तै, रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति पनि बढाउनेबारे छलफल भएको स्रोतले बतायो ।
उनीहरूबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने सरकारी टोलीसहित करिब पौने घण्टा छलफल भएको थियो ।शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली गत शनिबारदेखि चीनमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij