Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नगर प्रमुखको निधनमा रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार शोक बिदा

नगर प्रमुखको निधनमा रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार शोक बिदा

बुटवल : रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा दिइने भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दीन मुसलमानको भदौ १४ गते शनिबार बिहान हृदयघातका कारण निधन भएकाले शोक बिदा दिइने निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिससले सोमबार एक सूचना जारी गर्दै शोक बिदाका दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको जनाएको छ । साथै मंगलबारका दिन जिल्लाका सबै स्थानीय तहअन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरूलाई शोक मनाउन र बन्द गर्न/गराउन जिससले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij