Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

टिम कन्सल्टको मल्टी डेस्टिनेसन एजुकेसन फेयर सम्पन्न

टिम कन्सल्टको मल्टी डेस्टिनेसन एजुकेसन फेयर सम्पन्न

खैरहनी ८ पर्सा बजारमा रहेको शैक्षिक परामर्श दाता संस्था टिम कन्सल्टको आयोजनामा मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ सम्पन्न भएको छ।खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कडेलको प्रमुख आतिथ्यता एवम टिम ग्लोबलका सिईयो हेमन्त कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा साखा प्रमुख राजकुमार सिलवालले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा २५ भन्दा बढी कलेज र युनिभर्सिटीका प्रतिनिधि, आईडिपी, बि्र्टिस काउन्सिलका प्रतिनिधि, बैंक तथा बित्तीय संस्थाहरुका प्रतिनिधि सङ्ग बिद्यार्थीहरुले कलेज तथा युनिभर्सिटीको विशेषता, शैक्षिक ऋण र छात्रवृत्तिको बारेमा प्रत्यक्षरुपमा छलफल गरेका टिम कन्सल्टका पर्सा साखा प्रमुख सिलवालले जानकारी दिएका छन।

३०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले खेलको मज्जा समेत लिएका थिए।सहभागी विद्यार्थीहरुलाई आकर्षक गिफ्ट, मुभी टिकट, एयर बर्ड, स्मार्ट वाच र मोबाईल चार्जर प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी बिधार्थीहरुले यस्ता कार्यक्रमले आफुहरुको अन्यौलता हटाई सहि गन्तव्य,कलेज र युनिभर्सिटी चयन गर्न सहज भएको बताएका छन । बिगत डेढ दशक देखि सेवा प्रदान गर्दै आएको टिम कन्सल्टको काठमाडौ, पर्सा, नारायणगढ, सिड्नी र लन्डनमा कार्यलय रहेका छन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij