Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अस्ट्रेलियामा रुसको कन्सुलेटमा गाडी ठोक्काउने व्यक्ति पक्राउ

अस्ट्रेलियामा रुसको कन्सुलेटमा गाडी ठोक्काउने व्यक्ति पक्राउ

सिड्नी : अस्ट्रेलियाको सिड्नीस्थित रुसको कन्सुलेटको गेटमा गाडी ठोक्काएको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।स्थानीय समय अनुसार बिहान करिब ८ बजे वुल्लाह्रा उपनगरस्थित कन्सुलेटमा अनधिकृत गाडी पार्क भएको खबरपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले चालकसँग सम्पर्क गर्ने प्रयास गरे पनि ३९ वर्षीय ती व्यक्तिले गाडी चलाएर कन्सुलेटको प्रवेशद्वारमा ठोक्काइदिएका थिए । उनलाई तत्कालै नियन्त्रणमा लिएर पक्राउ गरिएको छ ।घटनामा एक प्रहरी अधिकृतको हातमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य कसैलाई भने चोटपटक नपरेको बताइएको छ ।

हालसम्म चालकको पहिचान वा घटना पछाडिको कारणबारे प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान जारी रहेको बताइएको छ ।एक प्रत्यक्षदर्शीका अनुसार प्रहरी अधिकारीहरूले बन्दुक तानेर चालकलाई गाडीबाट बाहिर आउन आदेश दिएका थिए र उनले कुनै प्रतिरोध नगरी आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij