Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

छिम्केश्वरी महायज्ञका लागि ३ हजार १ सदस्यीय मूल समारोह समिति गठन, विभिन्न उपसमिति समेत गठन

छिम्केश्वरी महायज्ञका लागि ३ हजार १ सदस्यीय मूल समारोह समिति गठन, विभिन्न उपसमिति समेत गठन

आँबुखैरेनी : तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई र बुढिदेवी मन्दिरको बृहत्तर क्षेत्र विकासका लागि हुन लागेको महायज्ञका लागि ३ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । शुक्रबार आँबुखैरेनीमा भएको एक भेलाले आयोजक छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो । समितिको महासचिवमा केशर बहादुर केसी र कोषाध्याक्षमा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडासदस्य एवं आँबुखैरेनी साँस्कृति संरक्षण मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठलाई चयन गरिएको छ ।भेलाले विभिन्न ४० वटा उपसमितिहरु समेत गठन गरिएको संयोजक कृष्णमान तामाङले जानकारी दिनुभयो । संयोजक तामाङका अनुसार मूल समारोह समितिका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र आँबुखैरेनी गाउँपालिकाका पूर्व अध्यक्ष गिर बहादुर थापाको संयोजकत्वमा १०१ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ भने ५५ सदस्यीय सचिवालय समिति चयन गरिएको छ ।

यस्तै प्रवासका लागि अमेरिकामा रहनुभएका डा. दिपक के.सी.को संयोजकत्वमा प्रवास समन्वय समिति गठन गरिएको छ । जसमा हाललाई दिपक अधिकारी र डा.राम श्रेष्ठ अमेरिका, सानुकाजी थापा अष्ट्रेलिया, टक बहादुर गुरुङ दुवई लगायतलाई सदस्यको रुपमा राखिएको छ भने आवश्यकता अनुसार थप सदस्य पछि थपिने पनि संयोजक तामाङले जानकारी दिनुभयो ।महायज्ञ यहि असोज १८ गतेदेखि २५ गतेसम्म आँबुखैरेनी स्थित हाट बजारमा संचालन हुनेछ भने महायज्ञमा प्रमुख वाचकको रुपमा चर्चित पण्डित दिनबन्धु पोखरेल रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij