Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बुसान फिल्म फेस्टिभलमा चलचित्र ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने

बुसान फिल्म फेस्टिभलमा चलचित्र ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने

काठमाडौँ : दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३० औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ । यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा चलचित्र ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो ।

फेस्टिभलले जारी गरेको सूचना अनुसार फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ । यस पटक महोत्सवका लागि ३ हजार ५९ चलचित्र पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो । फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन् ।

उनले भने, ‘नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । ‘रिहाना’को बुसान छनोटले मलाई अझ ठुलो हौसला र प्रेरणा दिएको छ ।’फिल्म ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य छ । फिल्मको लेखन तथा निर्देशन सुरज पौडेल हुन् ।

फिल्ममा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ । उज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेको फिल्ममा रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij