Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते

रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते

रसुवा  : गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीय बासिन्दाका अनुसार भदौ १५ गते बिहान गएको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ ।

पर्सा जिल्ला, विश्रामपुर–४ निवासी १९ वर्षीय विनयदास थारू पहिरो खस्दा घाइते हुनुभएको छ । रोजगारीको सिलसिलामा टिमुरे बस्दै आएका थारू सोही बिहान रसुवागढी पैदल जाँदैगर्दा खसेको ढुङ्गाले उहाँको टाउको, कान र काँधमा चोट लागेको टिमुरे स्वास्थ्य चौकीका इन्चार्ज युगेन लोप्चनले जानकारी दिनुभयो।

प्राथमिक उपचारपछि उहाँलाई आइतबार बिहान ९ः४० बजे बा. १४ च. १६६१ नम्बरको स्कर्पियोमा थप उपचारका लागि काठमाडौँ पठाइएको छ। पहिरोका कारण भन्सार निर्माण कार्य रोकिएको छ । थप क्षतिको जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij