Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सहिद पार्क र गुम्बामा वृक्षरोपण

सहिद पार्क र गुम्बामा वृक्षरोपण

फुङलिङ :  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण गरिएको छ । गाउँपालिकाको वडा १ सावादिनमा रहेको उक्त दुई स्थानमा वृक्षरोपण गरिएको हो ।

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल फक्ताङलुङको आयोजनामा गरिएको वृक्षरोपण कार्यक्रममा एक हजारभन्दा बढी बिरुवा रोपिएको वाइसिएल नेपालका केन्द्रीय सदस्य सुदिर साउदेनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा स्वाउ, शिरीष, कागती, मयुर पङ्खी सल्ला, तेजपत्ता लगायतका बिरुवा रोपिएको छ । “श्रम तथा उत्पादनमा वाइसिएल” को एकमहिने अभियान अन्तर्गत वृक्ष रोपणको आयोजना गरिएको साउदेनको भनाइ छ । वृक्षरोपणमा गुम्बा र सहिद पार्क नै रोज्नुको मुख्य उद्देश्य पर्यटन प्रवर्धन रहेको उहाँले बताउनुभयो ।

वाइसिएल नेपालको यो एक महिने अभियान भए पनि ताप्लेजुङमा भने एक वर्ष नै अभियान सञ्चालन गरिने वाइसिएल नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुङ इन्चार्ज कैलाश माबोले बताउनुभयो ।

वृक्षरोपरण कार्यक्रममा जिल्ला इन्चार्ज माबो, केन्द्रीय सदस्य साउदेन वाइसिएल जिल्ला अध्यक्ष सन्जिव माबो, वाइसिएल फक्ताङलुङ गाउँपालिका अध्यक्ष मिराक लिम्बू, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) साथै ताप्लेजुङका वाइसिएल कार्यकर्ताहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij