Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दसैंका लागि सुकिला नोट भदौ २९ देखि वितरण

दसैंका लागि सुकिला नोट भदौ २९ देखि वितरण

काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँतिहारका लागि नयाँ नोट नबाँड्ने भएको छ ।

हरेक वर्षको चाडपर्वमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसपटक खर्च व्यवस्थापन र प्रावधानगत कारण देखाउँदै नयाँ नोटको वितरण रोक्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको सट्टामा बजारमा पठाइएका र फिर्ता आएका ‘सुकिला’ नोट मात्र वितरण गरिनेछ ।

मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ २९ गतेदेखि बैंकमार्फत सुकिला नोट वितरण सुरु हुने जनाएको छ ।

दसैँ–तिहारमा साना र ठूला दरका नोटको उच्च माग हुने भएकाले सो माग पुरा गर्न सुकिला नोटलाई प्रयोगमा ल्याइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij