काठमाडौं :‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुइँटेललाई घोषणा गरेको हो ।
उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन् । काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भइन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij