Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

स्याफ्रुबेसीदेखि टिमुरे सम्मको सडक सञ्चालनमा

स्याफ्रुबेसीदेखि टिमुरे सम्मको सडक सञ्चालनमा

काठमाडौँ : चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले गत साउन १४ गते क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्तर्गत स्याफु्रबेसी देखि टिमुरे सम्मको सडक आजबाट संन्चालनमा आएको छ ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका अनुसार रोङ्गा खोला र मेदाङपुदुङको बीच भागमा सडक मर्मत तथा निमार्ण गरे संगै स्याफु्रबेसीदेखि टिमुरे सम्मको तेह् किलोमिटर सडक संन्चालनमा आएको हो ।करिब एक महिनाको निरन्तर प्रयास पछि बाढीले कटान गरेको सडक सन्चालनमा आएको हो ।

टिमुरेदेखि चीन र नेपालको सिमाना रसुवागढी सम्म तीन किलोमिटर सडकमा भने स्याउपार्किङ र घट्ठेखोलाका दुई स्थानमा कटान गरेकाले भोलि देखि मर्मत तथा निमार्णको काम सुरु गरिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका इन्जिनियर रुपनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार भौगोलिक बिकटताले दुई स्थानमा सडक पुर्ननिर्माण सम्पत्र गर्न अझै कम्तिमा एक सातासम्म समय लाग्ने देखिएको छ ।

हाल स्याफु्रबेसी देखि टिमुरे सम्मको ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारीहरुले पौडेले बताउनुभयो ।

यसैबीच नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फ बाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा बेलिबृज निमार्णका लागि चीनीयाँ पक्षले आफ्नो तर्फ फाउन्डेसनको कार्य सकि सकेको र नेपाल तर्फको काम सुरु गर्न लागेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले बताउनुभयो । तीब्र गतिमा काम गरि रहेकोले तोकेको समय भाद्र तीस गते अगाबै रसुवागढीमा बेलिबृज निमार्ण हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij