Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

जग्गा मिचिएको भन्दै सडकमै तारबार

जग्गा मिचिएको भन्दै सडकमै तारबार

काठमाडौँ : धादिङ–धार्के सडकखण्डअन्तर्गत धुनिबेसी नगरपालिका–५, साविक केबलपुरस्थित एक नागरिकको निजी जग्गामा सडक विभागले लापरवाहीपूर्ण तरिकाले सडक पिच गरेको आरोप लागेको छ। बिमला महर्जनको नाममा रहेको जग्गामा मापदण्ड विपरीत सडकमा पिच गरिएको भन्दै उनले न्यायको माग गर्दै संघर्ष गर्दै आएकी छन्।

यही क्रममा राष्ट्रिय मुक्ति पार्टी निकट नेवाः राष्ट्रिय परिषद्को अगुवाइमा सडकमा तारबार लगाएर जनसुनुवाइ कार्यक्रम आयोजना गरिएको छ। परिषद्का संयोजक तथा राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्दोलनकारीहरूले सडक खनेर महर्जनको जग्गामा तारबार समेत लगाएका छन्।

कार्यक्रममा पार्टीका उपाध्यक्ष कौशलकुमार सिंह, प्रवक्ता रविन्द्रकुमार श्रेष्ठ, विकास बाबु श्रेष्ठ, विकास घिमिरेलगायतका नेताहरू सहभागी थिए। यस्तै हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, विनोद महर्जनलगायतले सम्बोधन गर्दै पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

संयोजक सायमीले निजी जग्गा कब्जा गरेर सडक निर्माण गर्ने प्रवृत्ति तत्काल रोक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij