गोरखा : धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामनामा झन्डै १ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको ‘मनकामना रिट्रिट रिसोर्ट’ आगामी असोजको पहिलो सातादेखि सेवा सञ्चालनमा आउने भएको छ।

रिसोर्टको निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउँदै मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

रिसोर्टको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सोल्टी वेस्टर्न रिसोर्ट मनकामनाले लिने भएको छ। सोल्टी समूहले यसअघि पनि गोरखा, चितवनसहित विभिन्न ठाउँमा स्तरीय होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएको छ।

मनकामना मन्दिर पुग्ने पर्यटक र तीर्थालुहरूका लागि आधुनिक सुविधा सम्पन्न यो रिसोर्ट थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij