लमजुङ : लमजुङको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ ।
आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल नौ महिना अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख नरेशराज जोशीले भने, “सम्झौता अनुसार समय अगावै सम्पन्न हुने योजना कमै छन्, सो मध्ये एक पुल हो यो ।”
ओससिस आङबुहाङ जेभीले निर्माणको ठेक्का लिएको सो पुल पाँच करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टिमेट गरेपनि ठेकेदारले तीन करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण गरेको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij