Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

के फिल्म ‘पारस’ भुवनले छाडेका हुन् ?

के फिल्म ‘पारस’ भुवनले छाडेका हुन् ?

काठमाडौँ : अभिनेता भुवन केसीले ६ वर्ष अगाडि निर्माण गर्ने घोषणा भएको फिल्म हो ‘पारस’ । यो फिल्म अहिले निर्देशक कृषा चौँलागाईंले बनाउने भएकी छन् । जसका लागि उनले हालै चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिएकी छन् ।

सुरुमा यो नामबाट फिल्म निर्माता माधव वाग्लेले आफैँले निर्देशन गर्ने गरी घोषणा गरेका थिए । मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई लिइएको थियो । घोषणा भएको केही समयपछि फिल्मको सम्पूर्ण स्वामित्व अभिनेता भुवन केसीलाई दिएर निर्माता वाग्ले फिल्मबाट अलग भएका थिए । उनी बाहिरिएपछि भुवनले फिल्मको निर्देशकमा सिमोस सुनुवारलाई भित्र्याएका थिए । तर ५ वर्ष बढी समय भइसक्दा पनि भुवनले फिल्म बनाउन सकेनन् । न उनले विकास बोर्डमा फिल्मको नाममै रिन्यु गरे । चलचित्र विकास बोर्डमा उक्त नाम नवीकरण नगरिएको पाइएपछि कृषाले दर्ता गराएकी हुन् ।फिल्मको यतिबेला भारतमा स्क्रिप्ट लेखनको काम भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij