Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

एनआरएनए मलेसियाको अधिवेशन आइतबार, अध्यक्षमा इन्द्र नारायण लिम्बूको उम्मेदवारी

एनआरएनए मलेसियाको अधिवेशन आइतबार, अध्यक्षमा इन्द्र नारायण लिम्बूको उम्मेदवारी

काठमाडौँ :  गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको एक पक्षले नवौं अधिवेशन आइतबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा गर्ने भएको छ। अधिवेशनमा इन्द्र नारायण लिम्बूले २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लिम्बूले सामाजिक सद्भाव, मेलमिलाप र श्रमिकका समस्या समाधानलाई प्राथमिकतामा राखेर कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् । साथै आफूलाई समर्थन गरी अध्यक्ष पदमा विजयी बनाउन सहभागीहरूलाई अपील पनि गरेका छन् ।

अधिवेशनका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट अतिथि, कलाकार र सञ्चारकर्मीहरू आउने एनआरएनए मलेसियाले जनाएको छ । यसअघि नै संघको अर्को समूहले भने अधिवेशन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij