Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बारामा बाघको आक्रमणमा कृष्ण प्रसाद शर्माको मृत्यु

बारामा बाघको आक्रमणमा कृष्ण प्रसाद शर्माको मृत्यु

बारा : बारामा बाघको आक्रमणमा परी जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल निवासी कृष्ण प्रसाद शर्मा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बुधवार बिहान करिब ७ः३० बजेतिर स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा साँझ बाघको आक्रमण गरी मृत्यु भएको अवस्थामा उनको लास फेला परेको हो । घटनास्थल पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हो ।

प्रहरी, नेपाली सेना, आफन्त र स्थानीयको सहयोगमा खोजतलासका क्रममा साँझ उनको लास भेटिएको हो । शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रवक्ता पण्डितले जानकारी दिनु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केही दिन अघि पनि बाघको आक्रमणमा एकको मृत्यु भएको थियो । बाघको आक्रमणमा स्थानीय मृत्यु भएपछि सो क्षेत्रका प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठ, जीतपुर सिमराका नगरप्रमुख राजन पौडेल, वडाध्यक्ष सुभाष श्रेष्ठ , शेखरकाजी रुम्बाले घटनास्थलको अवलोकन गर्दै बाघ नियन्त्रण नगरे आन्दोलन गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij