Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ : पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान ५:५० बजे जारी गरेको सूचना अनुसार सो क्षेत्र भएर बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ। तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बिहीबार देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशकाे तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij