Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

बजाज प्रिमियर लिग- मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

बजाज प्रिमियर लिग- मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ।

मोटरसाइकल केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ अवस्थामा नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले क्याम्पेन ‘बजाज प्रिमियर लिग' सुरु गरेको हो।

क्याम्पेनको विशेषता भनेको हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउने छन्। साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ।

यस क्याम्पेनका मुख्य आकर्षणहरू

  • जति धेरै रन, त्यति धेरै पुरस्कार।
  • सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार।
  • प्लेयर अफ दि विक बन्ने ग्राहकलाई एक लाख नगद।
  • चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर।

बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउने छन्। यस क्याम्पेनबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, 'नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ। बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ।'

यस क्याम्पेनले मोबाइल गेम प्रेमीलाई लक्षित गरेर मोबाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहार जित्ने अवसर प्रदान गरेको छ। यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहार प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij