एजेन्सी : भारत–अमेरिका सम्बन्ध पछिल्लो समय तातिँदै गएको छ ।जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङ ले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स ले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन् ।रिपोर्टका अनुसार, पछिल्ला हप्तामा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँग प्रत्यक्ष कुराकानी गर्न पटक–पटक प्रयास गरे पनि मोदीले संवाद गर्न नमानेका हुन्।
अमेरिकाले भारतमाथि लगाएको भारी करका कारण सम्बन्ध चिसिँदै गएको विश्लेषण गरिएको छ। हालै अमेरिकाले भारतीय वस्तुमा २५ प्रतिशत कर लगाएको थियो।त्यसपछि रुससँग कच्चा तेल किनेको आरोपमा थप २५ प्रतिशत शुल्क थप्दै कुल ५० प्रतिशत कर लागू गरेको अमेरिकी निर्णयले दुवै देशबीचको व्यापारिक तनाब झनै बढाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij