Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

विद्युतीय रोपवे सञ्चालन गर्दै गण्डकी गाउँपालिका

विद्युतीय रोपवे सञ्चालन गर्दै गण्डकी गाउँपालिका

सुलीकोट :  गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजता गर्नका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेनाले जानकारी दिनुभयो ।

विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्वारा विस्तृत प्राविधिक स्थलगत अध्यन समपन्न पश्चात २०६६ सालदेखि हाते रोपवे सञ्चालनमा आएतपनि जोखिम बढी भएकाले २०७१ सालबाट बन्द अवस्था रहेको थियो ।

गाउँपालिकाको हिक्लुङ – ६ स्थित थुम्काबाट पृथ्बीराजमार्ग अन्र्तगत पिस्लिङ बजारसम्म तरकारी तथा सामान आवतजावत गर्न सहजता लागि हाते रोपवेलाई स्तरउन्नति गरी विद्युतीय रोपवे सञ्चालन गर्न लागिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमेल्सानाले बताउनुभयो ।

उहाँका अनुसार सवारीसाधनबाट धेरै लागत लाग्ने भएकाले पनि ढुवानी खर्च असाध्यै कम रकममा सामान र तरकारी लान ल्याउन सकिने भएकाले पनि गण्डकी गाउँपालिकाका किसानलाई बिद्युतीय रेपवेले निकै राहात हुने गाउँपालिकाले विश्वास लिएको छ ।

गण्डकी गाउँपालिका ६ नम्बर र ७ नम्बर वडा तरकारीको मुख्य पकेट क्षेत्र भएकाले पनि ग्रामिण भेगमा सबारी साधान बर्षाको समयमा सञ्चानल नहुने भएकाले विद्युतीय रोपवेले हिउँद बर्खा नभनी कम खर्चमा ढुवानी गर्ने भएकाले पनि छिटै सञ्चालनमा ल्याउन लागिएको गण्डकी गाउँपालिाकले जनाएको छ ।

गण्डकी गाउँपालिका पृथ्बीराजमार्ग नजिकै रहेतापनि भौगोलिक रुपमा विकटता भएकाले पनि बर्खाको मौसममा गाउँपालिका भित्रका किसानहरुले उत्पादन गरेको तरकारीहरुलाई सहजै ढंगबाट काठमाडौं, पोखरा र चितवनमा बिक्री वितरण गर्ने उदेश्यले विद्युतीय रोपवे सुरु गर्न लागिएको गण्डकी गाउँपालिका प्रमख प्रशासकिय अधिकृत भुवन चापागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij