वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमणको जोखिम कायमै रहेपछि महानगरका सम्पूर्ण विद्यालयहरू थप तीन दिनका लागि बन्द भएका छन् । महानगरपालिकाको कार्यालयमा मंगलबार नगरप्रमुख स्तरीय बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।शैक्षिक प्रशासन महाशाखाका कर्मचारी आनन्द लामिछानेका अनुसार यसअघि दुई दिनका लागि बन्द गरिएका विद्यालयहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
हैजा फैलिएकोले सङ्क्रमणबाट जोगाउनका लागि विद्यालय बन्द गरिएको महानगरपालिकाले जनाएको छ । यस अवधिमा शिक्षकहरूलाई भने हैजा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । हैजा संक्रमितहरुमध्ये डिस्चार्ज हुने संख्या बढेपनि नियन्त्रणमा भने आइसकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij