Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एनआरएनएको विधान व्याख्या समितिको संयोजकमा श्रेष्ठ

एनआरएनएको विधान व्याख्या समितिको संयोजकमा श्रेष्ठ

काठमाडौँ : महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विधान व्याख्या समितिको संयोजकमा बेलायत निवासी सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।एनआरएनएको हालै बसेको बैठकले उनलाई विधान व्याख्या समितिको संयोजक चयन गरेको हो । बेलायत निवासी श्रेष्ठ कानुनको ज्ञाता मानिन्छन् ।

यस्तै सोही समितिको सदस्यमा एनआरएनए अभियन्ताहरू केशव कँडेल र डा नारायण कँडेल चयन भएको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । समितिले विधानको सम्बन्धमा आवश्यक व्याख्या गर्दै संघको उद्देश्य र कार्यलाई थप प्रभावकारी बनाउने विश्वास एनआरएनएले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij