Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ

गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ

काठमाडौं : राजधानीमा लामो समयदेखि गुण्डागर्दीमा सक्रिय रहेका ‘रेस लामा’ उर्फ गोपाल मोक्तान पक्राउ परेका छन्।

आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’ मा बसेको अवस्थामा गौशाला प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मोक्तानमाथि उगाहीदेखि धम्कीसम्मका आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ।

विशेष सूचनाका आधारमा निगरानी बढाउँदै प्रहरीले उनलाई समातेको बताइएको छ। स्थानीयवासीहरूले मोक्तानजस्ता गिरोहका कारण चाबहिल क्षेत्र व्यापारिक हिसाबले त्रासपूर्ण बनेको गुनासो गर्दै आएका थिए।

यसअघि पनि राजनीतिक संरक्षण र प्रभावशालीसँगको नजिकताका कारण उनले सजिलै उम्किँदै आएको आरोप रहँदै आएको थियो। तर, यस पटक प्रहरीले कडाइका साथ कारबाही अघि बढाएको छ।

मोक्तानलाई हाल थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij