Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

इलाका प्रशासन कार्यालय सर्केगाडबाट ६ हजार बढीले लिए नागरिकता

इलाका प्रशासन कार्यालय सर्केगाडबाट ६ हजार बढीले लिए नागरिकता

चङ्खेली, (हुम्ला)  :  जिल्लाको तल्लो क्षेत्रलाई केन्द्रित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालय सर्केगाडबाट हालसम्म ६ हजार बढीले सेवा पाएका छन् । भौगोलिक हिसाबले निकै ठुलो जिल्ला हुम्लाको तल्लो क्षेत्र सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकालाई केन्द्रित गरी २०७३ सालमा सर्केगाड गाउँपालिकाको केन्द्रमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयबाट हालसम्म चर हजार आठ सय बैसट्टी वटा नयाँ नागरिता उपलब्ध गराईएको छ भने एब हजार एक सय बाह्र ओटा नागरिकताको प्रतिलिपि दिईएको कायम मुकायम अधिकृत घमानसिंह रावतले बताउनुभयो ।

स्थापनाको पहिलो वर्ष २०७३ सालमा मात्रै एक सय पन्ध्र वटा नयाँ नागरिकता वितरण गरिएकोमा दोस्रो वर्ष ३ सय ४४ वटा, तेस्रो वर्ष ५ सय ७७, २०७६ सालमा ४ सय ८८ नयाँ नागरिकता उपलब्ध गराइएको बताउँनुभयो । त्यसैगरी पाँचौ वर्ष ३ सय ३६ वटा, छैटौँ वर्ष ५ सय १, सातौँ वर्ष ६ सय ५० र आठौँ वर्ष ६ सय ५९ वटा नयाँ नागरिकता बितरण गरीएको छ । हरेक वर्ष निरन्तर वृद्धि हुँदै २०८१ सालमा ८ सय ५४ र यस वर्षको हालसम्म मात्रै ३ सय ४८ वटा नयाँ नागरिकता उपलब्ध गराईएको छ । १ हजार १ सय १२ वटा नागरिकताको प्रतिलिपि दिएको बताउनुभयो ।

स्थापनाकालदेखि हालसम्म ६९ वटा नाबालक परिचय पत्र, थर प्रमाणित, फरक नामथर, जन्ममिति, खस आर्य र पिछडीएको क्षेत्रको सिफारीसहरु एक सय २४ वटा दिइएको छ यस्तै स्थापनाकाल देखि हालसम्म २ हजार ४ सय ५६ वटा राष्टिय परिचय पत्र वितरण भएको छ ।

‎शाखा अधिकृत रावतका अनुसार कार्यालय स्थापनापछि नागरिकता लिनका लागि जिल्लाको सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ । “१० वर्षको अवधिमा हजारौं नागरिकले यहाँबाटै सेवा पाए । यसले गाउँलेलाई समय, पैसा र श्रम बचत भएको उहाँले बताउनुभयो ।

अदानचुली गाउँपालिका–१ का नन्दे महताराका अनुसार कार्यालय स्थापना हुनुअघि सदरमुकाम सिमकोट पुग्न ८ देखि १० हजार रुपियाँसम्म खर्च गरी ५ दिनको समय खर्चिनु पर्ने बाध्यता थियो । “नागरिकता बनाउन हप्तौं समय र ठूलो रकम खर्चिनुपर्थ्याे । अहिले अलि सहज भएपनि अँझै गाउँपालिकामै सहजरुपमा नागरीकता उपलब्ध गराए हामीहरुलाई सहज हुँने बताउनु भयो । उनले भने पहिले भन्दा अहिले केहि राहत भएको छ । उस्तै परे गाडी मार्फत एकै दिनमा नागरिकता बनाएर फर्कन सकिन्छ पहिले कम्तिमा ५ दिन अनिवार्य खर्चिनु पर्ने अवस्था थियो ।

शाखा प्रमुख रावतका अनुसार सेवा सहज भएपनि निकै चुनौतीकै बिचमा सेवा प्रवाह गरिरहेको छ । उहाँले भने आफ्नै कार्यालय नभई साँगुरो घर भाडामा छ, वत्तिको व्यवस्था नभई सोलारको भरमा सेवा दिनु परेको छ । इन्टरनेटको समस्या छ, टेलिकमको लिज लाईन नहुँदा राष्टिय परिचयपत्रको काम अनलाइनबाटै गर्नुपर्ने भएकाले सेवाग्राहीलाई तत्काल परिचयपत्र नम्बर उपलब्ध गराउन नसक्दा सामाजिक सुरक्षा भत्ता नविकरणमा निकै समस्या भएको छ ।

जिल्ला सदरमुकामा रहेको जिल्ला प्रशासन कार्यालय मार्फत सिमकोट, नाम्खा र खार्पुनाथ गरी तिन वटा मात्रै गाउँपालिका छन् त्यहाँ जनसंख्या पनि कम छ तर जिल्लाको तल्लो क्षेत्रमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयले ४ वटा स्थानीय तहलाई सेवा दिनु पर्ने र यहाँको जनसंख्या समेत धेरै भएकाले समस्या भएको शाँखा प्रमुख रावतको गुनासो छ । त्यति मात्र नभई भौतिक असुबिधाका कारण कार्यालय व्यबस्थापन, आवस, खानेपानी लगायतको व्यबस्थापन गर्न सकिएको छैन, कार्यालयमा दिनहुँ भिड हुँदा समयमै सेवाग्राहीलाई सेवा दिन सकिरहेको अवस्था छैन, कर्मचारीको दरबन्दी कम छ दरबन्दी ७ वटा भएपनि अहिले खरिदार खाली रहेको र थप एक जना नासु र खरिदार आवश्यक रहेको बताउनुभयो ।

वडा कार्यालयबाट अपूरा कागजातसहित सिफारिस आउँदा समस्या हुने, झुटा विवरणमा बलजफ्ती सिफारिस गर्न लगाउने जस्ता अवस्था देखिने गरेको उहाँले बताउनुभयो । यस्तै पुराना हस्तलिखित नागरिकतामा नाम–थर नमिल्दा पनि धेरैले समस्या खेप्ने गरेका छन् । सर्केगाड गाउँपालिका अन्तर्गतका सबै वडाका नागरिकलाई अब स्थानीय तहमै सेवा उपलब्ध भएपछि जिल्लामा पुगेर नागरिकता बनाउनुपर्ने झन्झट हटेको छ ।

सर्केगाड गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा सहज पहुँच पाएका छन् । अझै केही प्रशासनिक चुनौती भएपनि स्थानीय तहमै सेवा उपलब्ध भएपछि गाउँलेलाई समय, खर्च र श्रमको ठूलो बचत भएको छ ।

स्थापनाकालदेखि हालसम्म आफू निरन्तर यसै इलाका प्रशासन कार्यालयमा कार्यरत रहेकाले यसअघि कार्यालय प्रमुख प्राय जिल्ला बाहिर वा सदरमुकाम सिमकोटमै बस्ने भएकाले हस्ताक्षेर गराउन सिमकोट जानुपर्ने अवस्था थियो । पछिल्लो समय आफूले जिम्मेवारी पाई सकेपश्चात अहिले केहि सहज भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij