Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

श्रेष्ठको नेतृत्वमा भियतनामकी उपराष्ट्रपतिसँग भेट

श्रेष्ठको नेतृत्वमा भियतनामकी उपराष्ट्रपतिसँग भेट

काठमाडौं : नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमणका क्रममा राजधानीमा विशेष शिष्टाचार भेट सम्पन्न भएको छ।

सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रममा भियतनाम समाजवादी गणराज्यकी उपराष्ट्रपति भो थि आन सुआनसँग व्यवसायीहरुले भेट गरेका हुन्। नेपालतर्फबाट वियतनामका मानार्थ कन्सुल राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपाल–भियतनाम चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।

सो अवसरमा चेम्बरका अध्यक्ष दीपककुमार मल्होत्रा, वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षहरू सुरेशमान श्रेष्ठ र सुनिलभक्त श्रेष्ठ, सल्लाहकार किरणकुमार श्रेष्ठ, महासचिव गोपाल दास मानन्धर, कोषाध्यक्ष कवीकुमार तिब्रेवाला, सचिव पहलमान गुरुङ र कार्यकारी सदस्य उर्मिला श्रेष्ठलगायतले उपराष्ट्रपति सुआनलाई स्वागत गरेका थिए।

कार्यक्रममा दुवै देशबीच आर्थिक, वाणिज्यिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई अझ गहिरो बनाउन व्यापार र लगानीका अवसर, नयाँ साझेदारीका पहल र द्विपक्षीय सहयोग सुदृढीकरणका उपायबारे गहन छलफल भएको चेम्बरले जनाएको छ।

नेपाल–भियतनाम चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका पदाधिकारीहरूले आगामी ५० वर्षमा सम्बन्ध अझ सुदृढ हुने र आपसी सहकार्यले साझा समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij