Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मन्त्री फेर्न प्रधानमन्त्रीमाथि तारन्तार दबाब

मन्त्री फेर्न प्रधानमन्त्रीमाथि तारन्तार दबाब

काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संघीय सरकारमा सहभागी पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउँदै जसपाले उनीहरूका ठाउँमा दुई नयाँ मन्त्रीका लागि सांसदको सिफारिससमेत गरेको छ ।

आइतबार प्रधानमन्त्री ओलीलाई जसपाले गरेको निर्णयका बारेमा जानकारी गराइसकेको छ । शनिबार बसेको जसपा पदाधिकारी बैठकले दुई मन्त्री फिर्ता बोलाउने र उनीहरूका ठाउँमा अर्का दुई सांसदलाई शपथ गराउने निर्णय गरेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय जसपाले गरेको हो । जसपा स्रोतका अनुसार सांसद डा. वीरेन्द्र महतोलाई खानेपानीमन्त्री र रञ्जु झालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीका लागि पार्टीले सिफारिस गरेको छ ।

सरकारमा जसपाबाट मन्त्री रहेका दुवै जनाले ११ भदौभित्रमा राजीनामा दिने र नाम सिफारिस भएका दुई जना नयाँ सांसदलाई सरकारमा सहभागी गराइने पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जनाएका छन् । उनका अनुसार मन्त्री फेरबदलको निर्णय प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट