कीभ : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनका लागि सुरक्षा ग्यारेन्टी आवश्यक रहेको बताउँदै सैनिक पठाउन समेत सकिने सङ्केत दिएका छन्।आइतबार कीभमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटघाटपछि उनले भने, ‘केवल युक्रेनी सेनाको बल मात्र पर्याप्त हुँदैन, यसलाई थप सुदृढ र सुरक्षित गर्नुपर्छ।’
कार्नीले गठबन्धन र अमेरिकासँग मिलेर युक्रेनलाई स्थल, हवाई र समुद्री सुरक्षा सुनिश्चित गर्ने काम भइरहेको बताए। रुसको आक्रमणलाई साढे तीन वर्ष पुगेको बेला, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शान्ति वार्तामा सक्रिय छन् भने युक्रेनले युद्धपछिका सुरक्षा ग्यारेन्टीबारे युरोपेली सहयोगीहरूसँग समन्वय गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij