मुम्बई : भारतीय फिल्म निर्देशक प्रियदर्शनले अब छिट्टै फिल्म उद्योगबाट संन्यास लिने घोषणा गरेका छन्। उनी आफ्नो आगामी प्रोजेक्ट ‘हैवान’ र ‘हेरा फेरी ३’ पुरा गरेपछि रिटायर्ड हुनेछन्।ओनमनोरमा सँगको अन्तर्वार्तामा प्रियदर्शनले भने, ‘यी फिल्महरूपछि म रिटायर हुन्छु। अब थकाइ महसुस हुन थालेको छ।’
‘हैवान’ उनको सन् २०१६ की मलयालम फिल्म ‘ओप्पम’ बाट प्रेरित भए पनि संवाद र स्क्रिनप्लेमा धेरै परिवर्तन गरिएको छ। फिल्ममा अक्षय कुमार र सैफ अली खान मुख्य भूमिकामा छन् भने श्रिया पिलगांवकर र सैयामी खेर पनि देखिनेछन्।‘ओप्पम’का लीड एक्टर मोहनलालले ‘हैवान’मा क्यामियो अपियरन्स दिनेछन्। फिल्मको सुटिङ अहिले कोच्चीमा भइरहेको छ, जसपछि वागामोन, ऊटी र मुम्बईमा पनि छायाङ्कन हुनेछ।
‘हैवान’पछि प्रियदर्शन आफ्नो १००औँ फिल्म बनाउने तयारीमा छन्, जसमा फेरि मोहनलाल मुख्य भूमिकामा रहनेछन्। उनले स्क्रिप्ट अझै फाइनल नभएको तर अर्को वर्षदेखि सुटिङ सुरु हुने बताएका छन्।
यता, प्रियदर्शनले ‘हेरा फेरी 3’ पनि निर्देशन गर्नेछन्। यसमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल पुनः एकसाथ देखिनेछन्। उनले भने, “म सामान्यतया सिक्वल बनाउन रुचाउँदिन, तर ‘हेरा फेरी 3’ बनाउनैपर्छ भन्ने प्रोड्युसरहरूको माग लामो समयदेखि थियो।”प्रियदर्शनका लोकप्रिय बलिउड फिल्महरूमा हेरा फेरी, हलचल, भूल भुलैया, हंगामा, गरम मसालालगायत छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij