Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

रुस–युक्रेनबिच फेरि युद्धबन्दी आदानप्रदान

रुस–युक्रेनबिच फेरि युद्धबन्दी आदानप्रदान

मस्को : रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा फेरि १४६–१४६ जना युद्धबन्दी साटासाट गरेका छन्।रुसी रक्षा मन्त्रालयले आइतबार टेलिग्राममार्फत जानकारी दिँदै भन्यो, ‘अगस्ट २४ मा, १४६ रुसी सैनिकहरूलाई युक्रेन नियन्त्रण क्षेत्रबाट फर्काइयो। यसको बदलामा १४६ युक्रेनी सशस्त्र फौजका युद्धबन्दीहरूलाई युक्रेन पठाइयो।’ मुक्त भएका रुसी बन्दीहरू अहिले बेलारुसमा मनोवैज्ञानिक र चिकित्सकीय उपचार गराइरहेका छन्।

यो वर्ष मात्रै सयौँ युद्धबन्दीहरू विभिन्न चरणमा साटासाट भइसकेका छन्। इस्तानबुलमा मेदेखि जुलाईसम्म भएको तीन चरणको वार्ताबाट यही कैदी आदानप्रदान नै सबैभन्दा ठोस परिणाम बनेको थियो।रुसले युक्रेनले अवैध रूपमा नियन्त्रणमा राखेका आफ्नो कुर्स्क क्षेत्रका ८ नागरिकलाई पनि यस पटक मुक्त गरिएको जनाएको छ।

यसैबिच, रुसले आइतबार युक्रेनमाथि कुर्स्क आणविक विद्युत् गृहमा राति ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणका कारण आगलागी भएको र एक सहायक ट्रान्सफर्मर क्षतिग्रस्त भएको रुसी अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij