हानोई : भियतनामले भीषण समुद्री आँधी ‘काजिकी’ आउनुअघि ५ लाख ८६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थलमा सार्न आदेश दिएको छ।मौसमविद्हरूका अनुसार आँधीमा हालै १६६ किमी प्रतिघण्टा (१०३ माइल प्रतिघण्टा) वेगको हावा चलिरहेको छ र भूमि प्रवेश गर्नु अघि अझै शक्तिशाली हुने अनुमान गरिएको छ। आँधी सोमबार बिहानै मध्य भियतनाममा प्रवेश गर्नेछ।
मध्य प्रान्तहरू थान होआ, क्वाङ त्री, हुये र दा नाङका बासिन्दालाई घर छाड्न आदेश दिइएको छ। उडानहरू रद्द गरिएको छ भने डुङ्गा तथा माछापालनका गतिविधिहरू रोकिएका छन्।चीनको हाइनान टापु हुँदै सरिरहेको यस आँधीका कारण त्यहाँ ३२० मिमि (१२.६ इन्च) वर्षा हुने अनुमान गरिएको छ।
बीबीसी वेदरका अनुसार ‘काजिकी’ले भियतनाममा २०० किमी प्रतिघण्टासम्मको हावा र ३००–४०० मिमि वर्षा गराउनेछ। २–४ मिटर (६.६–१३ फिट) सम्मको समुद्री छाल आउन सक्ने चेतावनी दिइएको छ।
भियतनाम एअरलाइन्सले आइतबार र सोमबारका लागि कम्तीमा २२ उडान रद्द गरेको छ। अधिकारीहरूलाई यो आँधी गत वर्ष सेप्टेम्बरमा आएको ‘यागी’ जस्तै घातक हुने आशंका छ, जसले गर्दा भियतनाममै करिब ३०० जनाको मृत्यु भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij