Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

दाउन्ने विश्वकर्मा मन्दिर नजिकै सडकमा भ्वाङ पर्‍यो

दाउन्ने विश्वकर्मा मन्दिर नजिकै सडकमा भ्वाङ पर्‍यो

नवलपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनय त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकै सडक भासिएर भ्वाङ परेको छ। बर्सातका कारण सडकमा भेल बग्दा कल्भर्ट नजिकै भ्वाङ परेको प्रहरीले जनाएको छ। सडक भासिएर भ्वाङ परेपछि यातायात एकतर्फी मात्र सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताए।

करिब २ मिटर गहिरो भ्वाङ परेको र अहिले सडक डिभिजन र प्रहरीको पहलमा सडक मर्मतबारे छलफल भइरहेको छ। बिस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा निर्माणको काम भइरहेको छ। निर्माणको क्रममा रहेकाले सामान्य वर्षामा पनि सडक जाम हुने हुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।ठूला सवारी उक्लिन समस्या भएपछि विश्वकर्मा मन्दिर, पैँसट्ठी मोड र खुर्सानी खोलामा समस्या बढी देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij