Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

समयमै आवधिक निर्वाचन गर्ने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

समयमै आवधिक निर्वाचन गर्ने कुरालाई कसैले हल्लाउन सक्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन्।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए।

उनले भने- ‘दक्षिण एशियाका थुप्रै देशहरुमा समयमा आवधिक निर्वाचन हुँदैन। हाम्रोमा हुन्छ। यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन। आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ। हाम्रोमा राम्रै निर्वाचन हुन्छ। हाम्रो इलेक्शन फेयर हुन्छ, फ्रि हुन्छ। सरकारको तर्फबाट विधेयकको रुपमा आउँदा अहिले आएका कतिपय कुराहरु हटेर आउनसक्छ। यसमा ख्याल गर्नुपर्छ।’

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरू पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट