काठमाडौँ : लिपुलेकलगायतका विषयमा पछिल्लो समयमा नेपालमा देखिएको राजनीतिक तथा कूटनीतिक हलचलका बारेमा जानकारी दिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली पुगेका छन् । उनी शनिबार त्यहाँ पुगेका हुन् ।
गत भदौ ३ गते भारतको नयाँ दिल्लीमा चीन र भारतबिच नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमति भएपछि नेपालभित्र व्यापक विरोध चर्किएको छ । विद्यार्थी संगठनहरूले लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनसमेत गरेका थिए ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भ्रमणको बारे पनि दिल्लीमा छलफल हुने स्रोतको भनाई छ । प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाने र त्यसपछि भदौ ३१ गते भारत जाने तयारीमा छन् ।
चीनमा हुने शंघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने भएकाले ओली–मोदीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
यता, राजदूत श्रीवास्तवको कार्यकाल अन्तिम चरणमा पुगेको छ । हालसम्म नेपालका लागि नयाँ भारतीय राजदूतबारे दिल्लीले औपचारिक निर्णय गरेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij