काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको शीर्ष नेताको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण तथा पार्टी महाधिवेशनको विषयमा छलफल भइरहेको सो पार्टीका महासचिव डा.सुरेन्द्र झाले बताए ।
यसअघि साउन मसान्तभित्र गर्नेगरी महाधिवेशनको मिति तोकिए पनि उक्त समयमा सम्पन्न गर्न नसकेपछि आजको बैठकमा नयाँ मितिबारे छलफल हुने बताइएको छ । लोसपाले यसअघि तीन पटक तोकिएको महाधिवेशनको मिति पूरा गर्न सकेको छैन ।
बैठकले महाधिवेशनको मिति निश्चित गरेर अघि बढ्ने गरी निर्णय लिने तयारी गरेको पार्टीका महासचिव झाले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij