काठमाडौँ : नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले आठराई गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन् । सांसद भट्टराईले आइतबार गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन् ।
वडाध्यक्ष सेन्दाङमाथि शनिबार बेलुका ताप्लेजुङ सदरमुकाम तोक्मेडाँडामा जिल्ला कमिटी बैठक सकेर गाउँ फर्कने क्रममा आक्रमण गरी घाइते बनाएका थिए । उनको झापास्थित विएनसी अस्पतालमा उपचार भइरहेको छ ।
सांसद भट्टराईले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणको शान्ति सुरक्षामा खलल गर्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij